Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

तमुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न मन्त्री गुरुङको आग्रह

तमुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न मन्त्री गुरुङको आग्रह

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तमुहरुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न देशविदेशमा रहेका गुरुङ समुदायलाई आग्रह गर्नुभएको छ ।  तमु समुदायको मुख्य पर्व तमू ल्होसारका अवसरमा तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उहाँले ल्होसार पर्वले समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । 

    onlinepatrika
    Arghakhachi

    गुरुङ समुदायले भव्य रुपमा विगतका वर्षमा टँुडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी भेटघाट गर्ने, रमाइलो गर्ने गरे पनि यस वर्ष कोरोना भाइरसका कारण त्यसरी मनाउन नपाइए पनि भिडियोमार्फत शुभकामना दिने र भेटघाट गर्ने अवसर मिलेकामा आयोजकप्रति नेपाल सरकारका प्रवक्ता गुरुङले धन्यवाद दिनुभयो । देशका विभिन्न भूभागमा रहेका गुरुङ समुदायले आज नयाँ वर्षको स्वागतसहित तमु ल्होसार पर्व विभिन्न कार्यक्रम गर्दै मनाइरहेका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij