Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

गुणस्तर मापनमा ध्यान दिऔँँ ;मन्त्री अर्याल

गुणस्तर मापनमा ध्यान दिऔँँ ;मन्त्री अर्याल

  • कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आज अनुगमन गर्नुभएको छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहको उल्लेख गर्दै उहाँले खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 
    “अहिलेको अनुगमन, निरीक्षण, ल्याब परीक्षणको यति कार्यले मात्र हँुदैन, अब घुम्ती टोलीमार्फत नियमितरुपमा अनुगमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो, “तपाईंहरु योजनासहित अगाडि बढ्नुस्, यसलाई अभियानकै रुपमा हामीले अगाडि बढाउनुपर्छ ।” 
     
         मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्र थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीलाई निर्देशन दिनुभयो । नीति, नियम, ऐन निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो । प्रवद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिनसमेत मन्त्री अर्यालले आग्रह गर्नुभयो । 
     
    “उपलब्ध स्रोत साधनले जति कार्य गर्नुभएको छ, त्यो राम्रो गर्नुभएको छ, अब यतिले मात्र आवश्यकता पूरा हुँदैन, यसलाई बढाउनुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो, “आजभन्दा भोलि कसरी अझ राम्रो गर्ने भन्ने ढङ्गले तपाईहरु अगाडि बढ्नुस् ।” विभागका महानिर्देशक उपेन्द्र रायले खाद्य स्वच्छता कायम गर्न सबैले ध्यान दिइरहेको जानकारी गराउनुभएको थियो । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij