Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

मिटरव्याजीविरुद्ध एकजुट

मिटरव्याजीविरुद्ध एकजुट

  • काठमाडौं । काठमाडौंमा मिटरब्याज तथा ठगीविरुद्ध कारबाहीको माग गर्दै किसान-मजदुर संघर्ष समितिले आज  विभिन्न स्थानमा प्रदर्शन गरेको छ । समितिले माइतीघरदेखि बालुवाटारसम्म विभिन्न ब्यानर तथा प्लेकार्ड देखाउँदै प्रदर्शन गरेको हो ।

    images
    images
    images

    प्रदर्शनका क्रममा प्लेकार्डमा ‘दृष्टि बन्धक खारेज गर’, ‘छिनुवा पास फिर्ता गर’ , ‘जाली तमसुक मान्दैनौं’ , ‘सबै सुद्खोरहरुको सम्पत्ति छानबिन गर’, ‘सम्पूर्ण नगदेबालीको समर्थन मूल्य कायम गर’, ‘उच्चस्तरीय न्यायिक आयोग गठन गर’ जस्ता नारा लगाउँदै बालुवाटारसम्म प्रदर्शन गरिएको थियो । मिटरब्याजीविरुद्ध संघर्ष समितिको यो ३० औं कार्यक्रम हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij