Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

सार्वजनिक ऋणको दायित्व २६ खर्ब २२ अर्ब पुग्यो

सार्वजनिक ऋणको दायित्व २६ खर्ब २२ अर्ब पुग्यो

  • काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो ।

    images
    images
    images

    चालू आवको सुरुआत अर्थात् २०८१ असार मसान्तमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड बराबर थियो ।

    images

    चालू आवको १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ३१ र बाह्य ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत छ ।

    सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । वैशाखसम्म ३ खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्त भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ९१.२५ र ४१.३३ प्रतिशत रहेको छ ।

    चालू आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्म ३ खर्ब ८ अर्ब १४ करोड भुक्तानी भएको छ ।

    यो वार्षिक बजेट विनियोजनको आधारमा ७६.४९ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा वैशाख मसान्तसम्म कूल ऋण सेवा खर्च ५.५ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij