Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

राजावादी आन्दोलन

प्रसाईंलगायत ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

प्रसाईंलगायत ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

  • काठमाडौं । काठमाडौंको तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धानअनुसार जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

    images
    images
    images

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार आन्दोलनका कमान्डर भनिएका मेडिकल व्यवसायी प्रसाईं, हरिहरि चौलागाईं, सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध मुद्दा दायर गरिएको हो ।

    images

    उक्त प्रदर्शन हिंसात्मक बन्दा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij