Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतको उत्तरकाशीमा बाढीको वितण्डा, चार जनाको मृत्यु

भारतको उत्तरकाशीमा बाढीको वितण्डा, चार जनाको मृत्यु

  • काठमाडौँ । भारतको उत्तराखण्डको उत्तरकाशीमा मंगलबार बादल फाटेपछि आएको बाढीका कारण ठूलो क्षति भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सो घटनामा चार जनाको मृत्यु भएको छ भने ठुलो सम्पत्ति क्षति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

    AGNI GROUP

    धराली गाउँका स्थानीयले धेरै होटलहरू बगाएको र धरालीको सम्पूर्ण बजार ध्वस्त भएको बताएका छन् । सरकारले कुनै किसिमको चेतावनी जारी नगरिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । अहिले धेरै मानिसहरू बेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ ।

    अहिले राहत र उद्धारको कार्य शुरु गरिएको र केन्द्र सरकारले पनि राहतका लागि टोलि पठाएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij