Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीको पूर्ण कब्जाको तयारी गरेका छन् ।
इजरायली मिडियाहरुले प्रधानमन्त्री नेतान्याहूले गाजामा पुर्णरुपमा कब्जा गर्ने रणनीतिसहितको प्रस्ताव सुरक्षा मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने तयारी गरेको उल्लेख गरेका छन् ।
मिडिया रिपोर्टमा सेना प्रमुख र अन्य सैन्य अधिकारीहरू यस योजनाको विरुद्धमा रहेको उल्लेख छ ।यसैबीच, बन्धकहरूका परिवारहरू यस प्रस्तावको बारेमा चिन्तित छन् ।
उनीहरूलाई डर छ कि यसले गाजामा बाँकी रहेका बन्धकहरूको जीवनलाई खतरामा पार्न सक्छ । हमासले बन्धक बनाएका अझै ५० मध्ये २० बन्धकहरू अझै जीवित रहेको विभिन्न रिपोर्टमा उल्लेख गरिएको छ।
धेरै सर्वेक्षणहरूले चार मध्ये तीन इजरायलीहरू बन्धकहरूको फिर्तीको लागि युद्धविराम सम्झौता गर्नुपर्ने पक्षमा रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij