
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । प्रहरीको असई हुँ भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा छन् । प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।
उनले कैलाली ब्यूरोबाट खटिआएको असई हुँ भन्दै ठगी गरेको आरोप छ ।
धनगढी उपमहानगरपालिका–४, बसपार्कस्थित धामी होटेलका सञ्चालकलाई विगत २/३ दिनदेखि पटक–पटक ब्यूरोबाट खटिआएको असई हुँ भन्दै रकम मागेको सूचना प्रहरीले पाएको थियो ।
सोही सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij