
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकहरुले निःशुल्क हेर्न पाउने भएका छन्।
यो स्किम राजधानीका बीएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि ल्याएका हुन्।
आमा-सन्तानबिचको भावनात्मक कथामा आधारित भएकोले बीएसआर मुभिजले ६५ वर्षमाथिका ज्येष्ठ आमाहरुको लागि निःशुल्क सिनेमा देखाउने घोषणा गरेको हो। अष्टनारायण पिक्चर्स र शुभकामना हलले पनि प्रदर्शन अवधिसम्म ज्येष्ठ आमा-बुबा दुवैलाई सित्तैमा सिनेमा देखाउने भएको छ।
पारिवारिक दाउपेचको यो फिल्ममा केकी र आँचलका साथै मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी लगायतको पनि अभिनय रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij