
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बिहीबार छापावाल सुनको भाउ ९१ हजार ८ सय र तेजाबी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij