
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ । यसअघि प्रतितोला ९७ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij