
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । बुधबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.७३ अंकले उकालो लागेको छ ।
यससँगै सूचक १८७४.८४ विन्दुमा आएको छ । २३ कम्पनीको कुल एक हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको छ । साथै १० लाख ४० हजार १७९ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ र ५ को मूल्य घटेको छ । त्यसैगरी यता, १३ उपसूचकहरुमा २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीहरूमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij