
May 14 2025 | २०८२, वैशाख ३१ गते
ललितपुर । भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो ।
गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो । गहुँ आयातका लागि औपचारिक निर्यात भने रोक्का नै राखेको भारतले दूतावास मार्फत पत्राचार गरेर नेपाललाई सो परिमाणको गहुँ आयात गर्न दिने जानकारी गराएको मन्त्रालयले जनाएको छ ।
नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक९पटक पत्राचार गरेको थियो । सो पत्रको जवाफमा भारतले नेपाललाई चाहिने गहुँको परिमाण माग गरेको थियो । नेपाली व्यवसायीले मन्त्रालय मार्फत भारतलाई वार्षिक ८ लाख मेट्रकटन गहुँ आयातको माग गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij