
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको २८ औँ वार्षिक साधारणसभा लाभांश पारित गरेको छ ।
सभाले हाल कायम चुक्ता पुँजीको ७.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस सेयर २.४० प्रतिशत तथा कर प्रयोजनसहित नगद लाभांश ५.२० प्रतिशत दिएको हो ।
साथै, कम्पनीको सेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२ प्रतिशत र सर्वसाधारण तर्फको ४६.६८ प्रतिशतलाई क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
उक्त सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij