Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता

तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता

  • काठमाडौँ । तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता भएको छ । आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकापसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा मर्जरसम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको हो । 

    images
    images
    images

    तीन वटै इन्स्योरेन्सको १ः१ः१ शेयर अनुपात कायम गरिएको छ । मर्जर पश्चात् कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । 

    मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । कम्पनीको मर्जर लगायतको कार्यहरू नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरूको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरु गर्ने समेत सहमति भएको कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij