
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij