
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौ । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम । सो कार्यक्रमका प्रमुख अतिथि थिए उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले भूकम्प, कोरोना र नाकाबन्दीले ढाल्न नसकेको अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रम चल्दै गर्दा दर्शकदिर्घाबाट प्रश्न लिइयो । करिब २० वटा जति प्रश्न टिपोट भयो ।
अर्थमन्त्री पौडेलको जवाफ दिने पालो आयो । अर्थमन्त्रीले एक्कासी क्याबिनेट बैठकको समय भएको जनाऊ दिँदै अर्थतन्त्र अबको बाटोबाट बाहिरिए । दर्शकदिर्घाबाट उठेका कुनैपनि प्रश्नको जवाफ नदिई टिपोट भएका प्रश्न अर्थमन्त्रीले बोकेर हिडेँ । एकजना चर्चित व्यवसायी भन्दै थिए, 'यता प्रश्न बोकेर गए, जवाफ लिन मन्त्रालय जानुपर्ने हो की ?'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij