
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २०% बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २०% बोनस सेयर र कर प्रयाजनको लागि १.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ । अघिल्लो वर्ष भने यस कम्पनीले ३२.३०% बोनस सेयर र कर प्रयाजनको लागि १.७०% नगद लाभांश वितरण गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij