
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । समता घरेलु लघुवित्तले लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर र ३% नगद गरी कुल १८% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र समताको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
यता, कम्पनीले साविकको समता र घरेलु लघुवित्त बिच मर्जर भएको दुई वर्ष नपुगेको कारण लाभांस कर प्रयोजनार्थ छुट्टै रकम भने नछुट्याएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij