
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित नाफाबाट कुल २१.०५२६ प्रतिशत लाभांश दिने वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको माघ १० गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कम्पनीको चुक्तापुँजी ३२ करोड रुपैयाँको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट पारित भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्नेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij