Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेल निकट आचार्यलाई सभापति शेरबहादुर देउवाले मन्त्रीमा सिफारिस गरेका हुन्। आचार्यले आज (आइतबार) दिउँसो १२ बजे शपथ लिनेछन्।
उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका नेपाल समाजवादीका महिन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयमा पठाइने छ। वन तथा वातावरण मन्त्रालय हाल प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij