
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौ । बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा कायम भएको छ ।अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दाेहाेराे अंकले बढेकाे हाे ।
बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ । यससँगै नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच भएको छ भने १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँकाे कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये बुधबार फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij