
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडाैं । काठमाडौंसहित देशभरको तापक्रम बढिरहेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्नेछ । तराइमा अधिक गर्मीले गर्दा जनजविन प्रभावित भइरहेको छ । गर्मीका कारण विद्यालयहरुमा बालबालिका बेहोस हुने, ज्वरो आउने, पेट दुख्ने लगायतका बिरामी बढ्न थाललेका छन् ।
केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर बढ्ने क्रममा रहेको छ । आज काठमाडौंमा ३० देखि ३२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना रहेको मौसमविद्को अनुमान छ ।
तराईका जनकपुर, सिमरा र भैरहवा क्षेत्रमा १ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहेको छ । नकपुर, सिमरा र भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको छ । आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ । अझै केही दिन तापक्रम बढ्ने देखिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij