Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

घट्यो क्रसफायर बाइकको मूल्य

घट्यो क्रसफायर बाइकको मूल्य

  • काठमाडौँ । क्रसफायर बाइकको मूल्य घटेको छ । क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले सोमबारदेखि लागू हुने गरी सो बाइकको  नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । 

    images
    images
    images

    क्रसफायर आरएम २५०, क्रसफायर एचजे २५० र क्रसफायर ट्र्याकर २५० गरी तीन मोडलमा कम्पनीले मूल्य घटाएको हो । यसअघि ८ लाख ८८ हजार रूपैयाँ पर्ने क्रसफायर आरएम २५० को नयाँ मूल्य ४५ हजारले घटेर ८ लाख ४३ हजार तोकिएको छ। 

    सात लाख ७० हजार रूपैयाँ पर्ने क्रसफायर एचजे २५० अब जम्मा ६ लाख ९९ हजार रूपैयाँमा खरिद गर्न सकिन्छ । एकैपटक ७१ हजारले यो बाइकमा मूल्य घटेको हो ।

    त्यस्तै क्रसफायर ट्र्याकर २५० को मूल्य ४० हजार रूपैयाँ घटेको छ । यसअघि चार लाख १० हजार रूपैयाँ पर्ने यो बाइकको नयाँ मूल्य तीन लाख ७० हजार रूपैयाँ तोकिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij