Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । आज समाजवादी मोर्चाको घोषणा हुँदैैछ । सो मोर्चाको घोषणा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हुन लागेको हो । आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ ।
जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार सोमवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको हो ।
माओवादी केन्द्र, जसपा, नेकपा एस र नेकपाले भृकुटीमण्डपस्थित मा हुने घोषणा सभामा सहभागी हुन अनुरोधसमेत गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij