
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । ईङ्वा हाइड्रोपावर लिमिटेडको सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो कम्पनीको आईपीओ सूचीकृत भएको छ ।
ईङ्वा हाइड्रोपावरको कुल ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ४२ लाख कित्ता (७० प्रतिशत)र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को १८ लाख कित्ता छन् ।
ईङ्वा हाइड्रोपावरलाई नेप्सेले ‘आईएचएल’ कारोबार संकेत प्रदान गरेको छ । यो कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट प्रतिकित्ता न्यूनतम ९७.२९ रुपैयाँ र अधिकतममा २९१.८७ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ ।
अब भोलि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच हुन्छ भने नियमित समयका लागि कारोबारमा आउनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij