
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिया छनोट अन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ । आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइन विरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ ।
यसअघि बहराइन लाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यस अघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपाल सहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij