Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १३ गते अन्तिम दिन रहेको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    यसको अर्थ असार १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा यही असार २२ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काभ्रेको धुलिखेल–३ नयाँगाउँमार्गस्थित धुलिखेल लज रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

    सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० छन् । 

    सोही सभाले बोनस सेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

    बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ । सोही सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ । 

    सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij