Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

अस्पतालाई ८८ लाखको सामग्री हस्तान्तरण

अस्पतालाई ८८ लाखको सामग्री हस्तान्तरण

  • काठमाडौं । मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पतालका लागि रोटरी क्लब मकवानपुरले रू ८८ लाख ६० हजार चार सय बराबरको मुटुरोगको उपचारसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जिल्लामा नै मुटुरोग सम्बन्धी उपचार गराउने उद्देश्यले क्लबले अस्पताललाई उक्त उपकरण खरिद गरी हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    उपकरण उपलब्ध भएपछि मुटुसम्बन्धी रोगको उपचारका लागि अब जिल्ला बाहिर जानु नपर्ने प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताए । क्लबले अस्पतालका लागि टिएमटी स्क्यान, इसिजी मेसिन, होल्टर सिस्टम मेसिनलगायत सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिए ।

    अस्पतालको सेवामा थप थप प्रभावकारी बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कृष्ण कार्कीले बताए। सामाग्री हस्तान्तरण कार्यक्रममा हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलगायतको उपस्थिति थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij