Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सरकारको नेतृत्वमा बसेर निर्णय गर्नेमाथि पनि अनुसन्धान गर्न माग  

सरकारको नेतृत्वमा बसेर निर्णय गर्नेमाथि पनि अनुसन्धान गर्न माग  

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ललितानिवास प्रकरणमा सरकारको नेतृत्व तहमा बसेर निर्णय गर्नेलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले यसअघिका सुडान घोटालालगायत ठूला प्रकरणमा तल्लो तहका व्यक्तिमात्रै कारबाहीको दायरामा आएको भन्दै ललितानिवास प्रकरणमा सरकारको नेतृत्व तहमा बसेर निर्णय गर्नेलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    राप्रपा पूर्णरुपमा सुशासनको पक्षमा रहेको भन्दै लिङ्देनले नक्कली भुटानी शरणार्थी र ललितानिवास प्रकरणको निष्पक्ष छानबिन गर्दै सबै दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले मुलुकमा भ्रष्टाचार, वैदेशिक हस्तक्षेप बढ्दै गएको र भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरू शुद्धताको मन्त्र उच्चारण गरिरहेको टिप्पणी गरे । 

    AGNI GROUP

    लिङ्देनले ठूला भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु भएपछि सरकारमा बस्नेहरूले जस लिन खोजेको र अर्को पक्ष आफ्ना मान्छेहरूलाई जोगाउने कसरतमा लागेको जिकिर गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij