
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तित भई हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । सिभिल लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त र हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो ।
सोही सिभिल लघुवित्तको गत फागुन २९ गते बसेको साधारण सभाबाट निर्णय भई असार २१ गते रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि नाम परिवर्तन गरिएको संस्थाले जनाएको छ । साथै संस्थाको सम्पूर्ण काम तथा दायित्व आदि परिवर्तित नामबाटै हुने समेत संस्थाले जनाएकोे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij