Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पूर्वमन्त्री बैकिङ कसुरमा च्याप्पै

पूर्वमन्त्री बैकिङ कसुरमा च्याप्पै

  • काठमाडौं । प्रहरीले लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादवलाई बैंकिङ कसुरमा पक्राउ गरेको छ । गत १० माघमा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजारको तत्कालीन बैंक अफ काठमाण्डूको चेक बाउन्स भएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यादवलाई बैंकिङ कसुरको आरोपमा नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख भरतबहादुर विकले पुष्टि गरेका हुन् । प्रहरीले मुद्दा दर्ता गरेसँगै जिल्ला अदालत रुपन्देहीले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यादव बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेकामा अहिले रुपन्देही ल्याइँदै छ । 

    २०७४ मा लुम्बिनी प्रदेशसभाको बाँके क्षेत्र २ ‘क’ बाट जसपाबाट निर्वाचित यादव लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएपछि जसपाले उनलाई कारबाही गरेको थियो । त्यसपछि यादव एमाले पसेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij