
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । अवैध रूपमा विदेश लैजाने लागेको अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ परेको छ । पक्राउ पर्नेमा लेबनान नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् ।
नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij