
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । लघुवित्तीय संस्थाबाट पीडितहरुले शनिबार राष्ट्र बैंक घेराउ गरेका छन् । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले विभिन्न माग राखेर राष्ट्र बैंक घेराउ गरेको हो ।
करिब ८–९०० जना प्रदर्शनकारीहरुले माइतीघरदेखि बालुवाटरसम्म विरोध र्याली निकालेका थिए । उनीहरुले राष्ट्र बैंक परिसर छेउ भाटभटेनी चोकअगाडि प्रदर्शन गरेका हुन् । लघुवित्त पीडितहरुले ती संस्थाहरुबाट आफूहरु ठगिएको भन्दै केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij