
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । सिटिजन्स लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । आज साउन १४ गते कार्यालय समयसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन् । गत असार ३१ गतेदेखि इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको हो ।
आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०% ले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न यस इन्सुरेन्सले धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसको १०% अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij