
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ सय ३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो । आजको मितीले ३५ दिनभित्र यो शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले आवेदन पेस गर्न सक्नेछन् ।
कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आइपुग्ने गरी शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले निवेदन दिन सक्नेछन् । विक्री गर्न चाहेको प्रतिशेयर मूल्य रू. ७ सय रहेको छ । सोही मूल्यलाई आधारमा मानेर खरीदकर्ताले निवेदन पेश गर्नुपर्ने हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij