
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । स्रोत नखुलेको नेपाली र भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट ३२ वर्षीय धनबहादुर पुर्जा मगर रहेका छन् ।
प्रहरीले मगरको साथबाट स्रोत नखुलेको ९ लाख ९५ हजार नेपाली र ४७ हजार ५ सय भारतीय रूपियाँ बरामद गरेको छ । विशेष सूचनाको आधारमा मगरलाई प्रहरीले पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij