
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।
सर्वसाधारणका लागि कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर निस्कासन गरेको थियो । कुल ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएको थियो । जसमा ८५ हजारले मात्रै आईपीओ पाएका हुन् । कात्तिक २३ देखि २६ गतेसम्म कम्पनीले आईपीओ निस्कासन गरेको थियो । कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७ मेगावाट जडित क्षमताको चिरख्वाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आयोजना निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij