
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य यथावत रहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि छापावाला र तेजाबी सुन सोही मूल्यमा किनबेच भएको थियो ।
यता, चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij