
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौँ । भारतीय युट्युबर एल्विश यादव विरुद्धको मुद्दाको कारबाहीमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
एल्विशले भिडियो बनाउन सर्प र त्यसको विषको दुरुपयोग गरेको आरोपमा मुद्दाको सामना गरिरहेका छन् । मुद्दा अनुसार, यादव रेभ पार्टीहरू आयोजना गर्ने काममा संलग्न रहेको र ति पार्टीहरुमा विदेशीहरूलाई सर्पको विष र अन्य लागूपदार्थहरू प्रदान गरेको आरोप छ ।
न्यायाधीशहरू एमएम सुन्दरेश र जयमाल्या बागचीको इजलासले इलाहाबाद उच्च अदालतको आदेशविरुद्ध सूचना जारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
एल्विश यादवको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता मुक्ता गुप्ताले यसैबीच अन्तरिम रोक लगाउन माग गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij