
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । बर्दियाबाट लागू औषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोवी रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो । उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ । भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारबाट नियन्त्रणमा लिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij