Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

लुटिएको नाटक गरेर प्रहरीलाई झुक्क्याए, अन्तत: फसे आफै

लुटिएको नाटक गरेर प्रहरीलाई झुक्क्याए, अन्तत: फसे आफै

  • काठमाडौँ । आफु लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ का २५ बर्षीय हुकुम पुन मगर झुटो कुरा गरेर प्रहरीलाई झुक्याउन खोजेपछि पक्राउ परेका हुन । मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको शहिद गेटमा युवाहरुको एक समुहले आँखामा खुर्सानीको धूलो छर्केर चार लाख ३६ हजार रुपैंया लुटेर लगेको बताएका थिए ।

    AGNI GROUP

    मगरले आफैं प्रहरी कार्यालयमा पुगेर लुटिएको बेहोरा अवगत गराउँदै सहयोग मागेपछि प्रहरीले मगरलाई समेत साथमै लगेर तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा उनले झुटो बोलेको पत्ता लागेपछि उनी पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलन गरेर मगरले तिर्नुपर्ने पैसा  नतिर्नका लागि आफैं नाटक गरेर प्रहरीलाई उल्लु बनाउन खोजेपनि आँफै फसेको जानकारी दिएको छ ।

    प्रहरीले रोल्पाको फगाम निवासी हरि पुनलाई तिर्नुपर्ने ४ लाख रुँपैंया तिर्नु नपरोस्  भनेर आँफैं खुर्सानीको धुलो किनेर आँफैले आफैलाई छर्किर झुटो नाटक गरेको खुल्न आएको बताएको छ । प्रहरीले गलत सूचना गरि झुट्टा अफवाह  फैलाउन खोज्ने मगर बिरुद्ध शान्ति बिरुद्धको कसुरमा मुद्दा चलाएर आवश्यक कारवाही थालेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij