Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

माछापोखरीबाट नक्कली नोटसहित युवती पक्राउ

माछापोखरीबाट नक्कली नोटसहित युवती पक्राउ

  • काठमाडौं । काठमाडौं बालाजुस्थित माछापोखरी चोकबाट नक्कली नोटसहित एक युवती पक्राउ परेकी छन् । काभ्रे नमोबुद्ध नगरपालका–१० की २५ वर्षीया मनीषा न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    काठमाडौंकै तारकेश्वर नगरपालिका–५, लोलाङमा बस्दै आएकी उनलाई एक हजार दरका पाँचथान नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । नक्कली नोटको कारोबार भएको सूचना प्रहरीले पाएको थियो, सोही आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको टोलीले उनलाई ती नोटसहित पक्राउ गरेको हो ।

    घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij