Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

मेडिकल कलेजमा बासी खाना खुवाएको भन्दै विरोध

मेडिकल कलेजमा बासी खाना खुवाएको भन्दै विरोध

  • काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले कलेज परिसरमा धर्ना र प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    कलेजमा अध्ययनर एमबीबीएस २५/२६ ब्याजका विद्यार्थीहरुले क्यान्टिनमा कम गुणस्तरीय र बासी खाना खुवाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले ‘मेसको दादागिरी चल्दैन’, ‘कार्ड सिस्टम लागु गर’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेको स्थानीय सामाजिक अगुवा राजु सुनारले जानकारी दिए ।

    ‘विद्यार्थीहरुको माग भनेको मेसमा अखाद्य पदार्थ प्रयोग भएको, क्यान्टिनले उपलब्ध गराएको खाना बासी र गुणस्तरहिन भएको भन्ने छ,’ सुनारले भने । उनीहरुले गुणस्तरहिन खाना खुवाउने क्यान्टिन र मेस बन्द गर्न माग गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij