Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

धार्मिक पर्यटनको सम्भावना बोकेको नवलपुर

धार्मिक पर्यटनको सम्भावना बोकेको नवलपुर

  • सर्लाही । सर्लाहीका सयौँ किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरूले उखु खेतीबाट मनग्गे आम्दानी हुने विश्वास गरेका थिए । मल, बीउ मात्र नभइ जग्गा भाडाबापतको ऋण ३६ प्रतिशत ब्याजसहित बढिरहेको छ । उखु किन्ने मिलका साहुको बेइमानीका कारण वषौँदेखिको बक्यौता बाँकी रहेको छ । यसैले उखु उत्पादनमा लागेको ऋण तिर्न यतिखेर यहाँका किसान आफ्नो घरखेत नै बेच्न बाध्य भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    सर्लाहीको धनकौल गाउँपालिका– २ का रुचा साह यतिवेला १० धुर घडेरी र घरसमेत साहुलाई बुझाउनुपर्ने चिन्तामा छन् । उनले उखु खेतीबाट राम्रो आम्दानी हुने विश्वास गरेका थिए । साठी वर्षका रुचाका श्रीमती, दुई छोरा, दुई बुहारी र चार नाति–नातिनासहित १० जनाको परिवार छ  । सम्पत्तिको नाममा खपटाले छाएको एक तलाको घरबाहेक केही छैन । त्यो घर पनि उनले भारतको पन्जाबमा  ज्यामी गरेर जोडेका हुन । आफ्नै गाउँमा किसानी गर्छु भन्ने सोचेर उनले लगानी गरे तर सफल हुन सकेनन् । आफूले किसानी गर्छु भनेर शुरु गरेको र त्यसमा पनि उखु खेती त झन् दशा लागेरै गरिएझैँ भएको उनको गुनासो छ । 

    AGNI GROUP

    खेती गर्न आफ्नै जमिन थिएन, जग्गा भाडामा लिएर उनले उखु खेती गर्न शुरु गरे । रुचाले रु दुई हजार पाँच सय  प्रतिकट्ठाका दरले स्थानीय महाजनको तीन बिघा जग्गा भाडामा लिएका थिए तर उखु बेचेको पैसा आएन, साहुले जग्गा भाडाको पैसा छाडेनन् । जसका कारण उनले आफैँ बस्ने घर पनि गतवर्ष नै साहुको नाममा बन्धकी सहीछाप गरिदिएका छन् । यता भाडाको रकमको ब्याज बढेको बढ्यै छ, उता उखु मिलले साँवा पनि दिने ठेगान छैन । त्यसमाथि साँझ–बिहान भेट हुने जग्गा साहुले ऋण निखन्न ताकेता गरेका छन् । उता उखु मिल साहुले रकम दिने कुरा त फरै जाओस नाकमुख समेत देखाउन छोडे । जीवन दिन प्रतिदिन गाह्रो हुदै गएकोे उनको गुनासो छ ।

    घरनजिकैको अन्नपूर्ण चिनी उद्योगलाई आर्थिक वर्ष ०७४÷७५ मा बेचेको पाँच सय क्विन्टल उखुको एक पैसा पनि नपाएको जिल्लाका उखु उत्पादक किसानहरुको गुनासो छ । भाडा बापतको रु तीन लाख एक वर्षसम्म तिर्न नसकेपछि साहुले अहिले ब्याजदर ३६ प्रतिशतले बढाएका छन् । रु तीन लाखको ब्याज मात्रै एक वर्षमा रु एक लाख आठ हजार हुन्छ । ‘‘मिलले पैसा दिएको भए ऋणमा डुब्नुपर्ने थिएन,’’ उनी भन्छन्, ‘‘घरनजिकै उद्योग खुलेपछि उखु बेच्न पाइन्छ भनेर खुशी लागेको थियो तर यो त गरिब किसानको उठिबास लगाउन आएको रहेछ ।’’ समस्या त यो छ कि अन्नपूर्ण सुगर मिलले २०७४ सालकै पैसा भुक्तानी गर्न बाँकी राखेको छ । 

    उखुमा लागेको मल, बीउ, कटानी, ढुवानी खर्च र जग्गा भाडाबापतको ऋणले उनलाई समस्यामा पारेको छ । ‘‘अब परिवारलाई के खुवाउने होला रु अब ब्याज पनि तिर्न नसक्ने र मिलबाट पैसा नपाउने हो भने सुकुमबासी बन्ने निश्चित छ’’ उनले गुनासो गरे । सोही गाउँका हरिनन्दन राय यादवले पनि तीन वर्षअघि उद्योगलाई दिएको उखुको पैसा पाएका छैनन् । उद्योगले उनलाई रु दुई लाख ५० हजार भुक्तानी गर्न बाँकी रहेको छ । आफू पैसा माग्न उनी दर्जनौँपटक पुगिसकको तर पैसा पाउने छाँटकाँट नदेखिएको बताए । ‘‘उखुको पैसा आएपछि घर बनाउँला भनेको छु, तर अहिलेसम्म बेहाल छ ।’’ 

    दुई छोरालाई विद्यालय भर्ना गर्न पनि उनले ऋण लिनुपरेको छ । मासिक शुल्क तिर्न सकेका छैनन् । घरखर्च, छोराहरूको पढाइ खर्च, वेलाबखत उपचार खर्च र खेतीपाती गर्दाको खर्च  तिर्न समेत ऋण लिनुपरेको छ । उनले महाजनबाट रु तीन लाख ऋण लिइसकेका छन् । अब त्यो ऋण कसरी तिर्ने भन्ने चिन्तामा उनि पनि पिरोलिएका छन् । उद्योगले पैसा दिए साहुको ऋण तिरेर ढुक्क भएर बस्ने रहर रहेको हरिनन्दनको भनाई छ तर आफ्नै पसिनाको मूल्य पनि सपनाको फलजस्तो भएको छ । 

     धनकौल गाउँपालिका–६ हनुमान नगरका द्रोण राय यादवले पनि दुई वर्षअघि अन्नपूर्ण चिनी उद्योगलाई रु सात लाख बराबरको उखु बेचे तर उद्योगले अहिलेसम्म एक पैसा पनि दिएको छैन । उनले किसानी गर्दा लागेको ऋण तिर्न सात कट्ठा खेत बेचे । उनी अहिले पनि पैसा लिन सकिन्छ कि भनेर दैनिक उद्योग धाउँछन्  तर निराश घर फर्किनु परेको उनको पनि गुनासो छ । 

    सोही गाउँका जोेगिन्दर रायको समस्या पनि उस्तै छ । उद्योगले पैसा नदिएपछि ठूलो समस्यामा परेको गुनजासो छ उनको पनि । साठी वर्षका रायले यसअघि भाडामा जग्गा लिएर उखु लगाउँथे । उद्योगले पैसा नदिएपछि उनले साहुलाई पैसा दिन सकेनन् त्यसैले खेत खोसियो । ऋणको दायित्वबाट उनी मुक्त भएका छैनन् । उनलाई बरु अब साहुले आफ्नो घरवास नै कहिले उठाउने हो भन्ने डर लागेको छ ।  

    छोरी मुटुको बिरामी छिन । अपांगता भएका उनका एक छोरालाई स्कुलमा भर्ना गर्दाको ऋणसमेत बाबु जोगिन्दरले आजसम्म पनि तिर्न सकेका छैैनन् । जम्मा पाँच कट्ठा जग्गामा उब्जेको अन्नले उनको परिवारलाई वर्षदिन खान पुग्दैन । ‘‘उखु बेचेको वर्षौँ भयो, मिलले पैसा दिने कुरै गर्दैन । यो सङ्कट कसरी टार्नु रु यतिखेर मलाई जस्तो समस्या त अरु कसलाई होला र रु’’ उनी गुनासो गर्छन् ।  

    त्यस्तै जिल्लाको गोडैता नगरपालिका– १० का नथुनी ठाकुरको कहानी झन् दर्दनाक छ । उनले उखुको कटानी, ढुवानी खर्च तिर्न गाउँकै महाजनसँग ब्याजमा ऋण लिएका थिए । ‘‘उखुको पैसा आउला र तिरौँला भन्दाभन्दै दुई वर्ष बित्यो तर पैसा आएन । यता महाजनले ऋण तिर्न ताकेता गर्न थाले,’’ उनी भन्छन्, ‘‘ऋण तिर्ने कुनै उपाय नभएपछि आफैँ खेती गरेर खाने पाँच कट्ठा जग्गा नै बेचेर महाजनको ऋण तिरेँ ।’’ त्यसपछि उनलाई ऋणको झमेला त हट्यो तर साँझबिहान छाक टार्नै मुस्किल छ ।

    खेती गरेको आफ्नो जमिन खेतै बेच्नुपर्ला भन्ने सपनामा पनि नसोचेका ठाकुरले बताए । नजिकै उद्योग स्थापना हुँदा उखु बेच्न सजिलो हुने भयो भनेर खुशी भएका उनलाई मिलले रुवाएपछि  अहिले गाउँमा मिल नखुलेको भए हुने थियो भन्ने लागेको छ । 

    जिल्लाको महालक्ष्मी र अन्नपूर्ण सुगर मिलले उखु किसानलाई रु ३०–४० हजारदेखि १०–१५ लाखसम्म बक्यौता दिन बाँकी छ । खेतीपातीलाई मुख्य पेसा बनाएका किसानमध्ये ८० प्रतिशतले अरूको खेत ठेक्का÷बटैयामा लिने गर्छन् । अधिकांश किसानले खेतमा उत्पादन गरेको अन्नपात बेचेर ठेक्का÷बटैया बुझाउँछन् । वर्षौँसम्म आफूले बिक्री गरेको उखुकोे पैसा नपाएका अधिकांश उखु किसान घरखेत गुमाइरहेका छन् । जग्गा भएकाले जायजेथा बेचेर पैसा तिरिरहेका छन् । त्यो पनि नहुनेहरू ३६ प्रतिशत ब्याजमा ऋण लिएर उखुखेती गर्दाको ऋण भुक्तानी गर्न बाध्य छन् ।

    उखु उत्पादक किसानहरुको देशभरका छ वटा चिनी मिलबाट रु ९० करोड बक्यौता उठाउन बाँकी रहेको छ । काठमाडौंकेन्द्रित आन्दोलनका लागि किसानको सङ्ख्या थोरै भयो भनेर नहेप्न सङ्घर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले  आग्रह गरे । किसानहरूले गत कात्तिकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर बक्यौता रकम उठाइदिन आग्रह गरेका थिए । रकम नउठे आन्दोलनमा उत्रिने जानकारी उनीहरूले त्यतिवेलै दिएका थिए । त्यसपछि २९ कात्तिकसम्म रकम उठाइदिन उनीहरूले मन्त्री भट्टसँग आग्रह पनि गरेका थिए । त्यसको एक महिना बितिसक्दा पनि रकम नपाएपछि निर्णायक आन्दोलनमा उत्रिनुपरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताएका छन् । मुलुकभरमै सबैभन्दा बढी उखु खेती सर्लाहीमा हुन्छ । जिल्लाको अन्नपूर्ण र महालक्ष्मी सुगर मिलमा मात्रै सर्लाहीका किसानको करिब रु ३६ करोड बक्यौता छ ।  

    उखु तराईका किसानको सबैभन्दा आकर्षक नगदेबाली हो तर पछिल्ला वर्षमा चिनी मिलबाट भुक्तानी पाउन मुस्किल हुन थालेपछि किसान अन्य खेतीमा लाग्न बाध्य भएका छन् । सोही कारण गत वर्ष एक करोड ४० लाख क्विन्टल उखु मात्र क्रसिङ भएको राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । अघिल्लो वर्ष रु दुई करोड आठ लाख क्विन्टल उखु क्रसिङ भएको उहाँको भनाई छ । यो तथ्याङ्कको तुलनामा गत वर्ष ६५ लाख क्विन्टल उखु कम उत्पादन भएको देखिन्छ । यसवर्ष उत्पादन झन् कम हुने बताइन्छ । उत्पादन घटेका कारण गतवर्ष करिब एक लाख ६० हजार मेट्रिक टन मात्र चिनी उत्पादन भएको थियो । जब कि स्वदेशी उद्योगीले दुई लाख २० हजार टनसम्म चिनी उत्पादन गर्दै आएका थिए । मुलुकभर करिब दुई लाख ५० हजार टन चिनीको माग छ भने उखुको उत्पादन घट्नु र उद्योगहरुले किसानहरुको भुक्तानी दिन आनाकानी गर्नुले जिल्लाका उखु उत्पादक किसानहरु थप मारमा परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij