Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

महिला उद्यमशीलता कोष स्थापना

महिला उद्यमशीलता कोष स्थापना

  • काठमाडौं ।  महिला उद्यमीहरुको छाता संस्था महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमशीलता कोष स्थापना गरेको छ । महासङ्घको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज संस्थाका अध्यक्ष रीता सिंह वैद्यले महिलाको उद्यमशीलता विकासका लागि ‘मेरो सहयोग उद्यमशीलता विकास’ भन्ने सोचका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम जम्मा गर्न शुरु भएको जानकारी दिनुभयो । 

    onlinepatrika
    Arghakhachi

    कोषबाट महिला उद्यमीको व्यवसायको बजारीकरण, सङ्कलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जना गर्न रकम खर्च गरिने जानकारी दिनुभयो । सभाका अवसरमा महासङ्घको यस वर्षको उत्कृष्ट जिल्ला सङ्घ पुरस्कार झापा, चितवन, पाल्पा र इलाम जिल्लालाई प्रदान गरियो । उत्कृष्ट सदस्यमा सरोजनी शेरचन र उत्कृष्ट कर्मचारीमा राजु राईलाई पुरस्कृत गरिएको थियो । सभामा महासचिव सुनिता श्रेष्ठ वैद्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन छलफलसहित पारित भएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij