Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

कोरोनाले साघुँरियो भुवा पर्वको रौनक

कोरोनाले साघुँरियो भुवा पर्वको रौनक

  •  काठमाडौं । प्रत्येक वर्ष पुसे औँसीका दिन सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको रौनक यस पटक भने कोरोना भाइरस सङ्क्रमणका कारण साँघुरिएको छ ।एक साताभन्दा बढी समयसम्म सुदूरपश्चिम प्रदेशका बझाङ्ग, बाजुरा, अछाम र डोटीका साथै कर्णाली प्रदेशमा मनाइने यो पर्वलाई कोरोना भाइरस सङ्क्रमणका कारण घरघरमा पुगेर भुवा नाच गर्न समस्या भएको छ । खासगरी सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागतरुपमा मनाउँदै आएको भुवा पर्वलाई तराईका जिल्ला कञ्चनपुर र कैलालीमा समेत पहाडबाट बसाइँ सरी आएकाहरुले मनाउँदै आएका छन् । 

    onlinepatrika
    Arghakhachi

     कञ्चनपुरको महेन्द्रनगरस्थित संविधान चोकमा खप्तड समाज कञ्चनपुरले एकदिने भुवा पर्व मनाइरहेको छ । महेन्द्रनगरका देउडिया लक्ष्मण अधिकारीले कोरोनाका कारण भुवा पर्व एकै दिनमा टुङ्ग्याउनु परिरहेको बताउनुभयो । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व पुसे औँसीदेखि शुरु हुने गरेको अधिकारीको भनाइ छ । “आजदेखि शुरु भएर आठौं दिनसम्म घरघरमा गएर देउडाको लयमा भुवा नाच हँुदै रमाइलो गरी मनाइन्थ्यो”, उहाँले भन्नुभयो, “यो इष्टमित्र भेटघाटको अवसरमा पनि हो ।”

    AGNI GROUP

     पञ्चेबाजाका साथमा खेलिने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको शुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने पनि गरिन्छ । यहाँको भीमदत्तनगरपालिका–१३ महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीले पनि भुवा पर्व मनाइरहेका छन् । सुदूरपश्चिमाञ्चल विश्विद्यालयको परीक्षा नियन्त्रक कार्यालयका अधिकृत तुलसी पण्डितले भुवा पर्वको विशेषतालाई युवा पुस्ताले पनि बुझ्न जरुरी रहेको बताउनुभयो । “जो जहाँ भए पनि मिलेसम्म आफ्नो रीतिरिवाज परम्परा बिर्सिनु हुँदैन”, उहाँले भन्नुभयो, “पहिलो यहाँका गाउँगाउँमा खेलिने यो पर्व पछिल्लो समय संयुक्तरुपमा पनि मनाइँदैछ ।”  सुदूरपश्चिममा भुवा पर्व पाका पुस्तामा लोकप्रिय छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij