Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको घटनाबारे सोधपुछ

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको घटनाबारे सोधपुछ

  • काठमाडौं । काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको घटनाबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बिहीबार बिहान महानगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई बोलाएर घटनाबारे सोधपुछ गरेका छन् । 

    बिहीबार राति सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप भएको थियो । झडपको क्रममा ११ जना घाइते समेत भएका छन् ।

    images
    images
    images

    व्यवसायीले महानगर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बल प्रयोग गरेको पाण्डेले बताए । 

    images

    महानगर प्रहरीले व्यवसायीमाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसपछि महानगर प्रहरीको आलोचना भइरहेको हो । 

    images

    यसबारे प्रमुख प्रशासकीय अधिकृत परियारले भने कुनै प्रतिक्रिया जनाएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij