Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । आफ्ना नेता कार्यकर्ताहरु पक्राउ परेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आन्दोलनको घोषणा गरेको छ ।
केन्द्रीय सचिवालयका नेता कन्चनलाई पार्टीको काममा खटिरहेको अवस्थामा पक्राउ गरेको भन्दै विप्लव समूहले आपत्ति जनाएको छ । त्यस्तै व्यूरो सदस्य विवेक र विशाल लगायतलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
जनताको अधिकार हनन, भ्रष्ट्राचार, दलाली, कमिसनखोरी, तस्करी तथा राष्ट्रघातका विरुद्ध संघर्ष गरिरहेका पार्टीका नेता कार्यकर्ताहरुलाई खोजी खोजी पक्राउ साथै हिरासतमा राखी यातना दिनु राजनीतिक व्यवस्थाको धज्जी उडाएको पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij