
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्स्थापनको मागसहित आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गरेको हो । सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले भूपू सैनिकलाई सडकमा उतारेको हो ।
चैत २७ गते निर्णायक प्रदर्शन गर्ने बताउँदै आएको राप्रपाले त्यसकै पूर्वसन्ध्यामा शुभेच्छुक संस्थाद्वारा मार्चपास गराएको हो ।
भृकुटीमण्डपबाट सुरू भएको मार्चपास सुन्धारा, रत्नपार्क, पुतलीसडक परिक्रमा गरेको थियो । मार्चपासमा सहभागी भूपू सैनिकहरूले दौरासुरुवाल र ढाका टोपी लगाएका थिए ।
प्रदर्शनकारीले १६ वर्षे पेन्सन सुनिश्चित गर्नुपर्ने, राष्ट्रियता, सार्वभौमिकताको रक्षा गरिनुपर्ने, हिन्दू राष्ट्र, राजसंस्था पुनस्स्थापनालगायतका प्लेकार्ड बोकेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij